Непальский Политика
09.09.2026 Читать источник
Государственный секретарь Кедарнаथ Шарма проверил работу штаб-квартиры полиции Непала
_DOpHscQMEL.webp)
Государственный секретарь Непала Кедарнаث Шарма посетил главное управление полиции, где осмотрел центры управления при чрезвычайных ситуациях и цифровую криминалистическую лабораторию. В ходе визита он похвалил сотрудников за их вклад в безопасность и поручил усилить бдительность и честность в выполнении обязанностей.
Перевод ИИ
Текст статьи доступен на языке оригинала.
Нажмите кнопку «Перевести статью» выше, чтобы сгенерировать перевод с помощью ИИ.
Оригинальный контент
गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
बुधबार, २४ भदौ २०८३, १६: ५८
बुधबार, २४ भदौ २०८३
सारांश
गृहसचिव केदारनाथ शर्माले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
उनले विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गरी प्रहरीको भूमिकाको प्रशंसा गरे।
गृहसचिवले प्रहरीलाई कानुनले निर्दिष्ट गरेको जिम्मेवारी थप सजग, सचेत र इमानदार भई पुरा गर्न निर्देशन दिए।
काठमाडौँ । गृहसचिव केदारनाथ शर्माले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छन्।
प्रधान कार्यालय पुगेका गृहसचिव शर्मालाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। सो क्रममा उनले परिसरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै वृक्षारोपण समेत गरेका हुन् ।
भ्रमणका क्रममा उनले विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गरी सोसम्बन्धी गतिविधिको जानकारी लिए। कार्यक्रममा गृहसचिव शर्माले भोटेकोशी बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीहरू तथा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।
कठिन परिस्थितिमा पनि अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सीमित स्रोतसाधन र प्रविधिका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल भएको उनले बताए।
नागरिकको सबैभन्दा नजिक रहेर काम गर्ने निकाय भएकाले प्रहरीले कानुनले निर्दिष्ट गरेको जिम्मेवारी थप सजग, सचेत र इमानदार भई पुरा गर्नुपर्ने निर्देशन उनले दिए। प्रहरीको दक्षता अभिवृद्धि र संगठनको हितका लागि गृह मन्त्रालय सदैव क्रियाशील रहेको धारणा उनले व्यक्त गरे।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिवबाट प्राप्त निर्देशनप्रति आभार व्यक्त गर्दै प्रहरीले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरिरहेको बताए। बाढीमा बेपत्ता भएका प्रहरी कर्मचारीहरूको खोजी जारी रहेको जानकारी दिँदै उनले उद्धार र सुरक्षाका लागि प्रहरीलाई प्रविधि तथा स्रोतसाधनयुक्त बनाउन गृह मन्त्रालयको अभिभावकीय भूमिकाको अपेक्षा गरिएको बताए। सो अवसरमा प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले प्रहरीको समग्र अवस्था, कार्यप्रगति र आगामी कार्यदिशाबारे संस्थागत प्रस्तुतीकरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
लेखकको बारेमा
कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
च्याउ टिप्न घरबाट निस्किएका युवक ६ दिनदेखि बेपत्ता
जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ: अध्यक्ष बिजुक्छें
बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता: मुख्यमन्त्री थापा
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
उपाधि जितेर फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा समर्थकको भव्य स्वागत (तस्बिरहरू)
छुटाउनुभयो कि?
Аналитика ИИ и парсинга
Технические детали обнаружения, сопоставления и связывания статьи
Поисковый запрос
«Кедарнаث Шарма полиция Непала штаб квартира»
Запрос, сгенерированный ИИ для поиска статьи в веб-источниках
Связанные результаты поиска
Результаты поиска отсутствуют в БД
Парсер не сохранил результаты веб-поиска для этой статьи.